• मंसिर १३ २०८१, बिहीबार

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

जेष्ठ ११ २०८१, शुक्रबार

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

 आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन्  ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

 सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।