• आश्विन १३ २०८१, आईतवार

उड्ने कारको प्रदर्शन

जेष्ठ १० २०८१, बिहीबार

जापानको राजधानी टोकियो उड्ने कार प्रदर्शन गरिएपछि अब मानिस साच्चिकै उड्ने कारमा सवार हुन धेरै दिन बाँकी छैन भन्ने हुटहुटी पैदा हुन गएको छ ।

टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा हेक्सा फ्लाइङ्ग कार उडाएर उड्ने कारको प्रदर्शन गरिएको थियो । आकाशमा उडाएर देखाइएको उक्त कार जमिनबाट १० मिटरमाथि सम्म मजाले उडेर यताउति गरेको थियो ।

यो कारमा १८ ओटा प्रोपेलर राखिएका छन् । सुरूमा सुरक्षा कारण र परीक्षण कार भएकाले यसमा एक जना मानिस मात्र बस्न सक्छन् । झ्वाट्ट हेर्दा यो ड्रोनजस्तै देखिको छ । आकारमा ४.५ मिटर चौडा र २.६ मिटर अग्लो रहेको यो कार आधुनिक डिजाइनमा छ । यसको तौल १९६ केजी रहेको छ ।

आकाशमा उड्न सफल यो हेक्सा कारको डेमो पुनः गरिने बताइए पछि मानिसमा आशा जागेको छ । यसपछि यसलाई बिक्रिका लागि राखिने छ । सवारी जाम क्रस गर्न र यात्रा अवधि छोट्याउन यसले मद्दत गर्ने छ ।

यातायात व्यवस्थालाई यसले अझै उत्कृष्ट बनाउने छ । उड्ने कार परिवहनको सामान्य साधन हुन सक्ला कि नसक्ला भन्ने जिज्ञासा त अझै पनि बाँकी छ । उड्ने कार बजारमा ल्याउनका लागि सुजुकी र स्काइड्राइभ जस्ता कार कम्पनीले पनि प्रयास गरिरहेका छन् ।