• आश्विन १३ २०८१, आईतवार

बुद्धका अन्तिम उपदेश

जेष्ठ १० २०८१, बिहीबार

कुशीनगरमा साल वृक्षमुनि आफ्ना शिष्यहरूलाई अन्तिम उपदेश
दिँदै बुद्धले भने :

१. “स्वयम्लाई एक ज्योति बनाऊ । स्वयम्माथि विश्वास गर :
अरु कसैमाथि भर नपर । मेरो उपदेशलाई आफ्नो ज्योति बनाऊ ।
तिनमाथि भर पर, अन्य कुनै उपदेशमाथि भर नपर ।”
आफ्नो शरीरको विचार गर, यसको अपवित्रताको विचार गर,
बेदना र आनन्द दुबै दुःखका कारण हुन् भन्ने थाहा पाउँदा पाउँदै तिमी
त्यसको तृष्णामा कसरी आशक्त हुन सक्दछौ ?

आफ्नो आत्माको विचार गर ; यसको अनित्यतामाथि विचार गर ; सबैको अन्त्य
अवश्यंभावी दुःखमा नै हुन्छ भन्ने थाहा पाउँदा पाउँदै किन यसको
मोहमा परी गर्व तथा स्वार्थको उपासना गर्दछौ । सबै तत्वहरू माथि
विचार गर ; के तिमीले तिनीहरूमा कुनै चिरस्थायी “आत्मा” पाउन
सक्दछौ ? के ती सबै त्यस्ता स्कन्धहरू होइनन् जो ढिलो अथवा चाँडो
टुक्रा टुक्रा भएर छरिन्छन् ? दुःखको सर्वव्यापकताप्रति भ्रममा नपर, मेरो
मृत्युपछि पनि मेरा उपदेशहरू पालना गर अनि तिमी दुःखबाट मुक्त
हुनेछौँ । यस्तो गर अनि तिमी निश्चय पनि मेरा शिष्य हुनेछौ ।

२. “मेरा शिष्यहरू हो ! मैले दिएको उपदेशहरू कहिल्यै बिर्सने
अथवा परित्याग गर्ने छैनौ । तिनको सदैव संरक्षण गर्नुपर्दछ र तिनको
मनन गरी अभ्यास गरिनु पर्दछ । यदि तिमीले यी उपदेशहरू पालना
ग¥यौ भने तिमी सदैव सुखी रहने छौ ।
उपदेशको मुख्य आशय तिम्रो आफ्नै मनमाथि नियन्त्रण पाउनु
हो । लोभबाट मुक्त हुन सक्यौ भने तिमीले आफ्नो शरीरलाई
सत्मार्गमा, मनलाई निर्मल अनि वचनलाई निष्ठावान राख्न सक्दछौ ।
जीवनको क्षणभंगुरतालाई सदैव विचारमा राख्यौ भने, तिमी लोभ र
रीसको प्रतिरोध गर्न सक्नेछौँ अनि सम्पूर्ण पापहरूका परित्याग गर्न
सक्नेछौ ।

यदि तिमीले आफ्नो मन प्रलोभित भई लोभमा फसेको पायौ भने
प्रलोभनको दमन र नियन्त्रण गर्नुपर्दछ ; आफ्नै मनको स्वामी बन ।

मानिसको मनले उसलाई बुद्ध बनाउन सक्दछ र यसै मनले
उसलाई पशु बनाउन सक्दछ । भ्रमले बाटो बिरायौ भने राक्षस बन्न
सक्नेछौ ; बोधिज्ञान प्राप्त गर्न सक्यौ भने बुद्ध हुन सक्नेछौ । तसर्थ,
आफ्नो मनमाथि नियन्त्रण राख अनि कहिल्यै पनि सत्मार्गबाट यसलाई
विमखु हुन नदेऊ ।”

३. “ तिमीहरूले परस्परमा सम्मान गर्नु , मैले दिएको सत्मार्गमा
लागि विवादबाट मुक्त हुनु ; पानी र तेल जस्तै एकअर्कामा वेमेल नभई
पानी र दूध जस्तै गरी मिसिएर बस्नु पर्दछ ।
सँगसँगै अध्ययन गर, सँगसँगै सिकी सँगसँगै मैले दिएको
उपदेशको अभ्यास गर । व्यर्थका कुरा अथवा कलहमा आफ्नो मन र
समय खेर जान नदेऊ । ज्ञानको पूmल फुल्ने ऋतुमा त्यसको आनन्द
लेऊ र सत्मार्गको फल टिप
जुन उपदेश मैले तिमीहरूलाई दिएको छु , त्यो मैले स्वयम्
त्यही मार्ग अनुसरण गरेर प्राप्त गरेको हुँ । तिमीहरूले यी उपदेशहरू
पालना गरी प्रत्येक अवसरमा तिनको भावना अनुकूल आचरण गर ।
यदि तिमीहरूले तिनको उपेक्षा ग¥यौ भने यसको अर्थ
तिमीहरूले मलाई कहिल्यै नभेटे सरह हुनेछ । यसको अर्थ वास्तवमा
तिमीहरू मसँग भए पनि मभन्दा धेरै टाढा भए सरह हुनेछ ; तर यदि
तिमीहरूले मेरो उपदेश स्वीकार गरी अभ्यास ग¥यौ भने तिमीहरु
मभन्दा टाढा हुँदा पनि मेरो नजिकै हुनेछौँ ।”

४. मेरो शिष्यहरू, मेरो अन्त्य नजिकै आइसकेको छ । हामी छुट्टिने बेला नजिक आएको छ , तर विलाप नगर ।

जीवन सदैव परिवर्तनशील छ ; कोही पनि शरीरको विनाश हुनबाट उम्कन सक्दैन ।
अब म मेरै मृत्युबाट यो कुरा प्रकट गर्नेछु , एक सडेको गाडाझैं मेरो
शरीर टुक्राटुक्रा हुनेछ ।
व्यर्थमा विलाप नगर, तर कुनै कुरा पनि स्थायी छैन भन्ने
यथार्थता बुझी यसबाट मानव जीवनको शुन्यताको बारेमा सिक्ने
प्रयत्न गर । परिवर्तनीय कुरा अपरिवर्तनीय हुन सक्ने दुष्कामना नगर ।
सांसारिक तृष्णाको राक्षसले मनलाई भ्रममा पार्न सदैव अवसर
खोजी राख्दछ । यदि एक विषालु सर्प तिम्रो कोठामा छ अनि तिमी
शान्तिपूर्वक सुत्न चाहन्छौ भने सर्वप्रथम तिमीले त्यसलाई कोठा बाहिर
धपाउनु पर्दछ ।
तिमीहरूले विषालु सर्पलाई धपाएझैं सांसारिक रागको बन्धन
तोडी तिनलाई धपाउनु पर्दछ । तिमीहरूले दृढतापूर्वक आफ्नै मनको
रक्षा गर्नुपर्दछ ।”

५. “मेरा शिष्यहरू, मेरो अन्तिम घडी आइपुगेको छ तर मृत्यु
भनेको स्थूल शरीरको विनाश हुनु मात्र हो भन्ने कुरा तिमीहरूले
बिर्सन हुन्न । शरीरको जन्म आमाबाबुबाट भएको हुन्छ , त्यसको
पोषण अन्नले गरेको हुन्छ ; त्यसरी नै रोग र मृत्यु अवश्यंभावी हुन् ।
तर साँचो बुद्ध मानव शरीर होइन ; यो त बोधिज्ञान हो ।
मनुष्य शरीर अवश्य विनष्ट हुनेछ , तर धर्मको सत्यमा र धर्मको
पालनामा बोधिज्ञानको प्रज्ञा सदैव प्रवाहित भइरहने छ ।

जसले मेरो शरीर मात्र देख्दछ , उसले यथार्थमा मलाई देख्दैन । उसले मात्र देख्दछ
जसले मेरो उपदेश स्वीकार गर्दछ ।
मेरो मृत्युपछि , धर्म नै तिमीहरूको गुरु हुनेछ । धर्मको पालना
गर र तिमीहरू म प्रति निष्ठावान् हुनेछौ ।
मेरो जीवनको गत पैतालीस वर्षमा, मैले आफ्ना उपदेशहरूमा
केही कुरा लुकाएको छैन । कुनै गोप्य उपदेश छैन, कुनै लुकेको अर्थ
छैन ; सबै कुराको खुला एवं स्पष्ट रूपले उपदेश दिएको छु । मेरा प्रिय
शिष्यहरू, यो अन्त्य हो । अब एकै छिनमा निर्वाण लिनेछु । यो मेरो
उपदेश हो ।”

(भगवान बुद्धका उपदेश पुस्तकबाट साभार)