• मंसिर १४ २०८१, शुक्रबार

रोल्पाका शहीद पुर्खे सुनारकी आमा विर्सु सुनारको निधन

बैशाख १४ २०८१, शुक्रबार

काठमाडौं ।  जंकोट वर्गसंघर्षका प्रथम शहीद पुर्खे सुनारका आमा विर्सु सुनारको निधन भएको छ ।
उहाँका बैशाख १२ गते निधन भएपनि हिजोमात्रै जंकोटमा अन्त्येष्टी गरिएको थियो ।

नेकपा (माओवादी केन्द) को झण्डा ओढाएर श्रद्धाञ्जली गरी दाससँस्कार गरिएको हो । उहाँको श्रीमान भारतमा रोजगारको शिलशिलामा रहेकोले दाससँस्कारमा केही ढिलाई भएको थियो । विहानै रोल्पा अस्पतालबाट आफ्नो घर जंकोटमा लगिएको थियो ।

२००० सालमा जन्मनु भएका ८१ वर्षिय शहीदको आमाकोे पार्थिव शरीरलाई नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष एवं पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका सचिव एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगर, पूर्व जंकोट गा.वि.स.का वडाअध्यक्ष पूर्ण पुनमगर, नेकपा (माओवादी केन्द्रका रोल्पा न.पा. ८ का वडा सह–इन्चार्ज सुनिल लगायतले शहीदका आमा विर्सु सुनारको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) को झण्डा ओढाउनु भएको थियो ।

सम्पूर्ण शहीद र मृतक सुनारकोको स्मरणमा १ मिनेट मौनधारण समेत गरिएको थियो । श्रद्दाञ्जली एवं झण्डा ओढन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले उत्पीडित समुदायको लागि आवाज उठाउँदा  वर्गसंघर्षका बेलामा हत्या गरिनुभएका पुर्खे सुनारहरुकै बलिदान आज देश परिवर्तन भएको बताउनुभयो ।

उहाँले हजारौँ पुर्खेको आमाले छोरा गुमाएको बताउँदै छोराकै मृत्युले उहाँ निकै पीडाबोध गरेको बताउनुभयो । पुर्खे सुनार र उहाँको आमाको सपना भनेको नै श्रमजिवी जनताको मुक्तिको खातिर भएको बताउँदै त्यो पुरा गर्नका लागि निरन्तर लागेको बताउनुभयो । २०४८ सालदेखि रोल्पामा बर्ग सङघर्ष निकै उत्कर्षमा पुगेको बेलामा २०५० सालमा बेगम रानाको  नेतृत्वमा हत्या गएिको पूर्व गा.वि. अध्यक्ष पूर्णबहादुर पुनमगरले बताउनुभएको थियो ।

रोल्पाका प्रथम शहिद पुर्खे सुनारका आमा छोराको पीडाले जनयुद्धका कमान्डर एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग  भेट समेत गर्नुभएको थियो । पुर्खे सुनार जनयुद्ध र माओवादी आन्दोलन भित्र निकै चर्चा चल्ने गर्दछ । उहाँको शुद्धकार्य यही बैशाख १७ गते उहाँको घर रोल्पा नगरपालिका वडा नं. ८ जंकोट नै गर्ने बताउनुभयो ।