• जेष्ठ ४ २०८३, सोमबार

औषधिलाई लागुऔषधको रुपमा बेचेको आरोपमा औषधि पसलमा प्रहरीको छापा

बैशाख १२ २०८१, बुधबार

१२ वैशाख, काठमाडौं । औषधिलाई लागुऔषधको रुपमा बेचेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका मेडिकलहरुमा छापा मारेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो र औषधी व्यवस्थापन विभागको टोलीले संयुक्त रुपमा छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी नगरपालिका-८ मा रहेको गोगो फार्मेसीका सञ्चालक २६ वर्षीय निरसकुमार महतो, भक्तपुरको बोडेमा रहेको टिसा फार्मेसीका सञ्चालक ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीहरुबाट विभिन्न प्रकारका लागु औषधको रुपमा प्रयोग गरिने औषधीहरु बरामद भएको छ । उनीहरुलाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको छ ।