• जेष्ठ ४ २०८३, सोमबार

उपनिर्वाचन: आज राति १२ बजेबाट मौन अवधि सुरु,प्रचारप्रसार गर्न नपाइने

बैशाख १२ २०८१, बुधबार

काठमाडौँ । प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१९१० मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने र प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ ।

रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।