• मंसिर १४ २०८१, शुक्रबार

कतारका राजा थानी दुईदिने भ्रमणका लागि नेपाल आइपुगे

बैशाख ११ २०८१, मंगलवार

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।
केहीबेर अगाडी उनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको हो ।

उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।