☰
आँखा के कारणले डेढो हुन्छ त ?उपचार
कारण
- जेनेटिक कारण।
- बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ।
- प्यारालाइसिस भएर।
- कुनै बेला आँखाको मांसपेसी कडा भई आँखामा डेढोपन आउने गर्छ।
- गलत पावर वाला चस्मा लगाएमा |
- आँखाको पर्दामा समस्या भएमा |
- आँखामा ट्युमर भएमा ।
उपचार
- के कारणले आँखा डेढो भएको हो पत्ता लगाउने |
- आँखाको दृष्टि जाच गर्ने |
- चस्मा लागाएर दृष्टि ठिक पार्ने |
- दृष्टि ठिक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको डेढोपन हटाउने|
- आँखाको पर्दामा समस्याले गर्दा डेढोपन भएको हो भने त्यसकै उपचार गर्नुपर्छ।
- यदि ट्युमरको कारणले भएको भने शल्यक्रिया गरेर ट्युमर फल्नुपर्छ।
- परिवारका अन्य सदस्यलाई पनि डेढोपनको समस्या छ र बच्चाको आँखामा जन्मजात नै डेढोपन देखियो भने त्यस्ता बच्चाको आँखा दुई वर्षभित्रै शल्यक्रिया गर्नुपर्छ।
- आँखाको दृष्टि बराबर भयो भने डेढोपनलाई शल्यक्रिया मार्फत सिधा बनाउन सकिन्छ।
- यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेसी कमजोरी भई प्यारालाइसिस भएर आँखा डेढो भएको छ भने त्यस्ता बच्चाको आँखा थेरापी गराउनुपर्छ।