काठमाडौं । नेकपा एमालेले आयाेजना गरेकाे नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सवमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच नाेकझाेक चलेकाे छ ।
मदन भण्डारीको हत्याको अनुसन्धानमा कांग्रेसले सहयोग नगरेको भनेर पूर्वराष्ट्रपति भण्डारीले सोही विषयको आशय व्यक्त गरेपछि देउबाले आपत्ति जनाएका हुन् ।
पटक–पटक सत्तामा हुँदासमेत एमालेले भण्डारीकाे हत्यारा पत्ता किन लगाउन नसकेको भनेर देउवाले उल्टै प्रश्न गरे । आफू सत्तामा हुँदा छानबिन नगर्ने अनि कांग्रेसलाई गाली गर्ने भन्दै देउवाले आपत्ति जनाए ।
‘मदन भण्डारीको बारेमा राम्रो कुरा गर्न मन थियो । तर कांग्रेसलाई गाली गर्नुभयो । मदन भण्डारीका हत्यारालाई खोज्न कसले रोकेको छ ? आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने । ड्राइभर कसले मार्यो खोज्नुपर्छ,’ समाराेहमा देउवाले भने, ‘दुईपटक राष्ट्रपति उहाँ(विद्या भण्डारी) बन्नुभयो । प्रधानमन्त्री कति पटक बन्नु भयो एमालेका साथीहरू ।’