काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुआत गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्र्तगत संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुआत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा गरेको जनाएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरुलाई फोनपे कार्ड स्केमअन्र्तगत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजनाअन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम भएको बताइएको छ । उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोडिङ र जारी हुने तथा हाल फोन पे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीको स्थानमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।