• जेष्ठ ४ २०८३, सोमबार

कतारी राजाको नेपाल भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा

बैशाख १० २०८१, सोमबार

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै अर्ध मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ ।

अहिले अर्थ मन्त्रालयको सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।