• मंसिर १२ २०८१, बुधबार

गर्भवती महिलाले खानै नहुने खानेकुरा

बैशाख १० २०८१, सोमबार

एजेन्सी–  गर्भवती महिलाले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल गर्नु पर्छ । त्यसमा पनि गर्भावस्थाको समयमा महिलाको शरीरमा सुगर अर्थात चिनीको मात्रा अधिकांशमा बढ्ने गर्दछ ।

गलत खानपान जस्तै गर्भवती महिलाले आलु खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कतिपय महिलाले आलुबाट बनेका विभिन्न परिकार निकै मन पराउने गर्छन् । तर एक अध्ययनका अनुसार गर्भवती महिलाले आलुको परिकार खाएमा त्यसले शरीरमा मधुमेहको समस्या शुरु गर्न सक्ने छ ।

युएस नेसनल इन्टिच्युट अफ हेल्थ तथा हावर्ड युनिभर्सिटीले गरेको अध्ययनका अनुसार गर्भवती महिलाले आलु नखानु नै उचित हुने देखाएको छ । आलुको ठाउँमा हरियो सागसब्जी बढी खानु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ ।

यसले गर्भवती महिलाका साथै उनको पेट भित्रको बच्चाका लागि पनि फाइदाजनक हुनेछ । यसबाट गर्भमा रहेको बच्चाले पौष्टिक तत्व प्राप्त गर्ने छ । सन् १९९१ देखि २००१ सम्म १५ सय महिलामाथि विशेषज्ञहरुले यो अनुसन्धान गरेका थिए ।