• जेष्ठ ४ २०८३, सोमबार

प्यूठानमा भएको मोटरसाइकल दुर्घटनामा दाङका विमल डाँगीको मृत्यु

बैशाख ८ २०८१, शनिबार

काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
माण्डवी गाउँपालिका १ मुर्कुटीस्थित छबिसेचौरमा दाङको घोराहीबाट प्यूठानतर्फ आउँदै गरेको रा५प१५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

घटनामा अर्का एक जना घाइते भएका छन् । दुर्घटना मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका-११ का २७ बर्षीय विमल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नानायव उपरिक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-८ ढिकपुरका ४८ बर्षका कैलाश डिसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डाँगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाइते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।