• मंसिर १४ २०८१, शुक्रबार

राज्य व्यवस्था समितिको बैठक बस्दै, यस्ता विषयमा छलफल हुने

बैशाख ७ २०८१, शुक्रबार
काठमाडौँ । संघीय संसदको एक समितिको बैठक आज शुक्रबार बस्दै छ ।
सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजे प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।