धनगढी । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोडारीले चार दलको समर्थनमा आजै मुख्यमान्त्रीमा दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ ।