काठमाडौं, वैशाख ४ । जनकपुर मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले क्यामरा फोड्ने र माइक भाँच्ने सांसदसँग क्षतिपूर्ति भराउन निर्देशन दिएका छन् ।
विश्वासको मत लिन कार्यविधि बनेको बेलामा प्रतिपक्षी दलको माग सम्बोधन भए पनि संसदीय मर्यादा विपरीत तोडफोड गरेको भन्दै सभामुख मण्डलले क्षतिपूर्ति भराउन निर्देशन दिएका हुन ।
संसदीय मर्यादा विपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै जनमतका सांसदहरूलाई निकाल्न मर्यादापालकलाई निर्देशन दिँदा बैठक बहिष्कार गरेको थियो । त्योसँगै कांग्रेस र लोसपा पार्टीसमेत बैठक गरेको थियो ।