बैसाख ३, काठमाडौं । शिवम सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल भएको छ ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुनढुंगाबाट निर्मित उच्च गुणस्तरीय OPC सिमेन्ट उत्पादन गर्दै आफ्ना उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।
शिवम सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम सिमेन्ट NS Quality Award -2019 प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।
नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण नेपाली दाजुभाई र दिदीबहिनीका साथ साथै उपभोक्ता वर्ग, बिक्रेता वर्ग, सेयर धनी महानुभाव, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत् यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।
सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित यो सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ ।
शिवम सिमेन्ट ओपिसी मात्र उत्पादन गर्ने नेपालकै अग्रणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको शिवम गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।
‘भरोसा अटुट सम्बन्धको’, Quality को मामलामा No Compromise, ‘गुणस्तरको पहिचान हो शिवम’ तथा ‘गुणस्तरमा कहिलल्यै सम्झौता नगरौं’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।