काठमाडौं । शुक्रबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ आइतबार २ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३९ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७५० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।