• आश्विन १३ २०८१, आईतवार

यी हुन् अनुहारमा दूध लगाउँदाका फाइदाहरू

बैशाख २ २०८१, आईतवार

– अनुहारमा दूध लगाउँदा घामबाट डढेको छालाको उपचारका लागि मद्दत पुग्नेछ ।
–नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ ।  साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदै जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले खुला छिद्रहरू कडा बनाउँछ।
– दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।