• मंसिर १४ २०८१, शुक्रबार

प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री–वितरणमा प्रतिबन्ध

बैशाख १ २०८१, शनिबार

मंगलबारे । इलाम क्षेत्र नम्बर–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुन्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री–वितरण गरेको पाइएमा कानुनानुसार कारबाही गरिने जनाएको छ । यस कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले सम्पूर्णमा आग्रह गरेको छ ।