• जेष्ठ ५ २०८३, मंगलवार

राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै

चैत्र २८ २०८०, बुधबार

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसका तर्फबाट छुट्टा छट्टै उम्मेदवारी दर्ता भएको हो ।

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

यस्तै, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।