• जेष्ठ ५ २०८३, मंगलवार

सलाम नठोकेपछि हवल्दार भण्डारीले सिंहदरबारभित्रै जवान सिंहलाई गरे हातपात

चैत्र २७ २०८०, मंगलवार

काठमाडौं । सिंहदरबारभित्रै प्रहरी जवानमाथि दुर्व्यवहार भएको छ । सलाम नगरेको विषयमा वरिष्ठ हवल्दार उज्ज्वल भण्डारीले प्रहरी जवान सुन्दर सिंहमाथि मंगलबार बिहान करिब १० बजे  दुर्व्यवहार गरेका हुन् ।

सिंहदरबार प्रहरी सुरक्षा गणमा खटिएका जवान सिंह प्रहरी उपरीक्षक सन्तोष तामाङका अंगरक्षक पनि हुन् । वरिष्ठ हवल्दार भण्डारी भने अर्थमन्त्री वर्षमान पुनका सुरक्षामा खटिन्छन् ।

जवान सिंहमाथि भण्डारीले हातपात गरेको प्रहरी स्रोतले जनाएको छ । यस विषयमा जवान सिंहले लिखित रूपमा उजुरी दिने तयारी गरेका छन् ।