• जेष्ठ ५ २०८३, मंगलवार

पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटना ग्रस्त

चैत्र २६ २०८०, सोमबार

काठमाडौं । जनमत पार्टीका सांसदसमेत रहेका पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटनामा परेको छ । सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले बताए ।

बिएसी २७३५ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा चार जना घाइते भएका हुन् । सांसद खानको दाहिने हातमा चोट लागेको छ । साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ ।
उनीहरूलाई उपचारको लागि मलेखु अस्पताल पठाइएको थियो । त्यहाँबाट थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक लामाले बताए ।