• जेष्ठ ५ २०८३, मंगलवार

इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर

चैत्र २५ २०८०, आईतवार

काठमाडौं । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुवँर र रामबहादुर थापाको इजलासले न्यौपानेलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ ।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीमाथि सजाय निर्धारणका लागि १६ वैशाखमा पेसी तोकिएको छ । प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य आठ जनाले भने सफाइ पाएका छिन् । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप थियो ।