• जेष्ठ ५ २०८३, मंगलवार

व्यवसायीको सुन लिएका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर

चैत्र २० २०८०, मंगलवार

काठमडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । न्यायाधीश टेकनारायण कुवँर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिबानाको फैसला गरेको हो ।

डीएसपी केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५, हाटबजारका व्यवसायीबाट चार तोला २१ लाल सात प्वाइन्ट सुन लगेका थिए । उनले ती व्यवसायीलई कार्यालयमा बोलाएर आफैले सुन जिम्मा लगाएको कागज गराएका थिए ।

डीएसपी केसीले अन्य व्यक्तिमार्फत् मोलमोलाई गरी आठ लाख ५० हजार नगद र नौ लाख ५० हजार रुपैयाँको चेक समेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।