काठमाडौं । पछिल्लो दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आकाशिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको छ । छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ ।
आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ । महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ । योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।