• बैशाख २० २०८३, आईतवार

प्रतिनिधि सभा बैठक बस्दै,विद्युतीय व्यापार विधेयक पेश गरिने

चैत्र १९ २०८०, सोमबार

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार आज संसद बैठकमा शून्य र विशेष समयका अतिरिक्त सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै, आजको बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद महासचिव पद्य प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।