• मंसिर १४ २०८१, शुक्रबार

सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो ठानेर जनताले हामीलाई पत्याएनन् : बाबुराम भट्टराई

चैत्र १७ २०८०, शनिबार

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताएका छन् ।

नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै भट्टराईले वैकल्पिक शक्ति बनाएरै छाड्ने बताए ।

उनले नेपाल समाजवादी पार्टीले बोकेको एजेन्डा अरू पार्टीकोभन्दा बिल्कुलै अग्रगामी रहेको बताए । उनले नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र रहेको पनि बताए । विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टीजस्तो भएकाले जनताले आफूहरूलाई विश्वास नगरेको उनको भनाई थियो ।

अब सत्ताको च्याँखे थापेर पार्टीमा रहनेहरू गइसकेकाले अब शुद्ध वैकल्पिक तथा अग्रगामी सोचका पक्षधर मात्र भएको बताए । ‘उनले भने,‘सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन् ।’ उनले कांग्रेस र कम्युनिस्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन् बढेको बताए ।