• मंसिर १४ २०८१, शुक्रबार

उपनिर्वाचनमा माओवादीले एमाले उम्मेदवारलाई सघाउँछ : केपी ओली

चैत्र १७ २०८०, शनिबार

काठमाडौँ । सत्तारुढ प्रमुख घटक एमाले अध्यक्ष केपी ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्ता साझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।

सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोलदै उनले इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि त्यस्तो अवस्था नरहेको बताए ।

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे । त्यस अवसरमा उनले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।