काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषय छानबिन गर्न एक समिति बनाएको छ । त्रिविका पूर्व रजिष्ट्रार चन्द्रमणि पौडेललको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको हो ।
समितिलाई ३० दिनभित्र प्रतिवेदन दिन भनिएको छ । त्रिविले गत वर्ष वैशाखमा लिएको स्नातक तह मानविकी संकायका स्वास्थ्य तथा जनसंख्या विषय र शिक्षा संकायको शिक्षाका आधार विषयको उत्तरपुस्तिका हराएको छ । त्रिविले यी विषयको परीक्षा यही २१ चैतमा हुनेसमेत जनाएको छ ।