• जेष्ठ ५ २०८३, मंगलवार

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती हमाल गाेवाबाट सम्पर्कविहीन

चैत्र १३ २०८०, मंगलवार

चैत्र १३, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल बेपत्ता भएकी छिन् । भारतको गोवामा बस्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।

उनी जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको जानकारी दिँदै हमालले खोजीका लागि गोवा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।
मेयर हमालका अनुसार आरती ओशो साधक हुन् । उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।