काठमाडौं । प्रस्तावित बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
यो मुद्दामा आजै निर्णय दिने तयारीका साथ सर्वोच्चमा सुनुवाइ अघि बढाइएको हो । बीएण्डसीले मेडिकल कलेजको पठनपाठनका अनुमति नपाएपछि प्रसाई आयोगविरुद्ध रिट दायर गरेका थिए ।
गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाइ गर्दै आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।