काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् ।
बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन् । तेस्रो लगानी सम्मेलन १६-१७ वैशाखमा काठमाडौंमा हुँदै छ ।