• मंसिर १४ २०८१, शुक्रबार

मुख्यमन्त्री शर्मालाई नै निरन्तरता दिन माओवादी केन्द्र कर्णाली प्रदेश समितिको माग

चैत्र ९ २०८०, शुक्रबार

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ ।

आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै‌ निरन्तरताका लागि केन्द्रसँग जोडदार माग गरिएको बताइन् ।

कर्णाली सरकारको नेतृत्वमा एमालेले समेत दबाब बढाइरहेकोले माओवादीले पनि आफ्नै निरन्तरताका लागि पार्टी केन्द्रलाई झक्झक्याइरहेको छ । यसअघि माओवादीका प्रदेश तहका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका थिए ।