• आश्विन १३ २०८१, आईतवार

आज विश्व पानी दिवस, दैनिक कति पानी पिउनुपर्छ ?

चैत्र ९ २०८०, शुक्रबार
काठमाडौं ।  आज विश्व पानी दिवस । हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। शुद्ध पानी हाम्रो जीवन नै हो। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी र त्यस पानीमा थोरै कागती मिसाएर खानु निकै राम्रो मानिन्छ। प्रशस्त पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ। पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन् । प्रत्येक मान्छेले दैनिक रूपमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

कस्तो पानी पिउने ?

एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी नपिउने,

– पानी उमालेको मात्र पिउने,

– पानी फिल्टर गरेर पिउने,

– जहाँ पायो त्यही बाहिरको पानी नपिउने,

– खोला, धारा, इनारको पानी त्यसै पिउनु राम्रो हुँदैन ।

– पिसाब लाग्ने गरी पानी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।

-पानीमा आइस हालेर पिउनु राम्रो नमानिने चिकित्सकहरू बताउँछन् ।