चैत्र ८, काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ ।