• आश्विन १३ २०८१, आईतवार

तितो करेलाका केही मिठा फाइदा

चैत्र ६ २०८०, मंगलवार

सर्वगुण सम्पन करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन । तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई करेलाका फाईदाको बारेमा जानकारी दिन गईरहेका छौँ ।

यसका फाइदा बारे–

  • करेलामा जिंक, आइरन, पोटाशियम, बीटा क्यारोटिन, भिटामिन ए र सी जस्ता कयौं पोषक तत्व हुन्छन्, जसले स्वास्थ्यलाई विभिन्न लाभ दिन्छ।
  • करेलालाई तरकारी, चिया, जुस, धुलो, चिप्स आदिको रुपमा आफ्नो खानपानमा समावेश गराउन सक्नुहुन्छ ।
  • करेलामा विभिन्न औषधीय गुण पनि हुन्छन् । यसले शरीरको टक्सिन बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रो हुन्छ र छाला सफा तथा चम्किलो पनि हुन्छ ।
  • करेला विशेषगरी मधुमेहका रोगीका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई नियमित खानपानमा समावेश गराएर मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
  • करेलामा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसले शरीर सुन्निएकोमा राहत दिन्छ ।
  • करेलालाई खानपानमा समावेश गराएर रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले विभिन्न रोगबाट शरीरलाई जोगाउँछ ।
  • करेलामा प्रसस्त मात्रामा भिटामिन ए र सी पाइन्छ जो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ ।
  • करेलामा हुने पोषक तत्वले पेटको बोसो कम गर्न सहयोग गर्छ । तपाईंले तौल कम गर्न खोजीरहनु भएको छ भने करेलालाई अवश्य आफ्नो खानपानमा समावेश गराउनुहोस् ।
  • करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
  • करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।
  • दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
  • पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
  • बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।