काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२।३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ ।
यस्तै,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।७३ रुपैयाँ रहेको छ ।
यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँ रहेको छ ।