• मंसिर १३ २०८१, बिहीबार

आज विदेशी मुद्राको विनिमय दर कति ?

चैत्र २ २०८०, शुक्रबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।