काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२.१० अंक अर्थात १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले बढेर ३६४.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये हाईड्रो समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै वृद्धि लघुवित्त समूहमा देखिएको छ । लघुवित्त समूह आज ४.२१ प्रतिशतले बढ्यो भने बैंकिङ ०.७४, विकास बैंक १.०८, वित्त १.४०,होटल १.१२,लगानी १.२६,जीवन बीमा १.८४,उत्पादन तथा प्रशोधन ०.९१,म्युचुअल फण्ड १.०१,निर्जीवन बीमा १.३४ र अन्य समूह ०.२८ प्रतिशतले बढ्यो । आज हाईड्रो समूहमा मात्रै ०.१२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज २२ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ ।
यस्तै सोनापूर मिनरल्सको १८ करोड १३ लाख,जोशी हाईड्रो ७ करोड र हाथवे इन्भेष्टमेन्ट नेपालको ७ करोड २८ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
यसैगरी महुली लघुवित्तको सेयरमूल्य ८.७२ प्रतिशत,सपोर्ट माईक्रोफाइनान्सको ८.७१ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ७.९४ प्रतिशतले वृद्धि भएको छ ।
आज चिरख्वा हाईड्रोको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात ७.०६ प्रतिशतको गिरावट आएको छ । यो दिन पिपुल्स पावरको सेयरमूल्य ६.९५,जोशी हाईड्रोका ५.७९ र मध्यभोटे कोशी जलविद्युत कम्पनीके सेयरमूल्य ३.३४ प्रतिशतले घट्यो ।