• मंसिर ११ २०८१, मंगलवार

आज महाशिवरात्री, काठमाडौंलगायत देशभरका शिवालयहरूमा श्रद्धालुको भीड

फाल्गुन २५ २०८०, शुक्रबार

आज महाशिवरात्री ।फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् ।

महाशिवरात्रीका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

शिवरात्री भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ।भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।

विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । यो दिन भगवान् शिवको पुजा आराधना गरे मात्र पनि जीवनमा सधैँ सुख प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । बेलपत्र टुक्रेको, च्यातिएको चढाउन नहुने धार्मिक मान्यता रहेको छ । बेलपत्र सक्लो पात ३ पत्ता जोडिएको हुनुपर्दछ । पत्तामा ऊँ नमः शिवाय लेखेर चढाउन पनि सकिनेछ । बेलपत्र सदैव उल्टा पारेर  चढाउने गर्नुपर्दछ भन्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

शिवरात्रिमा यसरी व्रत बस्नुहोस्

– महाशिवरात्रीका दिन सबेरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्यधिक लाभ मिल्ने धार्मिक विश्वास छ ।

– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने ।

– तामाको लोटाले ८ पटक जल चढाउने ।

– महाशिवरात्रीका दिन र रातमा दीपक जलाउने ।

– चन्दनको तिलक लगाउने ।

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने ।