• मंसिर १३ २०८१, बिहीबार

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन

फाल्गुन ९ २०८०, बुधबार

काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको ७ महिनासम्ममा देशको व्यापार घाटा ८ खर्ब २५ अर्बभन्दा बढी थियो । यो अवधिमा आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको सात महिनाको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँबराबरको आयात गरेको नेपालले भने ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । यसरी नेपालको आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ ।

गत आवको सात महिनासम्म भने नेपालको आयात ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ र निर्यात ८६ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । कुल व्यापारमा आयातको हिस्सा ९१.१८ प्रतिशत र निर्यातको हिस्सा ८.८२ प्रतिशत रहेको छ । आयात र निर्यातमा आएको कमीका कारण देशको व्यापार घाटामा कमी देखिएको हो ।