• मंसिर १३ २०८१, बिहीबार

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५६ लाख बढी कित्ता शेयर थपिएको छ ।

नेप्सेमा हिमालयन डिस्टिलरी,स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमा हिमालयन डिस्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता,स्वावलम्बन लघुवित्तको १५ लाख ९५ हजार ४५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता शेयर रहेको छ ।

यी तीनै कम्पनीले आर्थिक वर्ष २०७९/८०मा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले १० प्रतिशत, स्वावलम्बन लघुवित्तले १३.३६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।