• मंसिर १३ २०८१, बिहीबार

काठमाडौंका यी ३ ठूला र चर्चित होटेललाई ३-३ लाख जरिवाना

फाल्गुन २ २०८०, बुधबार

काठमाडौं  । काठमाडौंका तीन चर्चित होटललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । म्याद नाघेका खाद्य पदार्थ भेटिएपछि गौशालामा रहेको होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटललाई विभागले तीन–तीन लाख रुपैयाँ जरिवाना गराएको हो ।

यी तीन होटलका भान्सा र स्टोरमा राखिएका सामानहरू म्याद नाघिसकेको अवस्थामा फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ ।

बसेरामा पाउरोटी र जुस, हिमालयन होटलमा दूध, मेथी, पाउरोटी, दही र पीठो तथा द्वारिकाजमा पीठो, कोकाकोला लगायतका खाद्य वस्तु म्याद गुज्रेको अवस्थामा भेटिएको विभागले जनाएको छ ।