• मंसिर १३ २०८१, बिहीबार

डा. अधिकारीलाई धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी

माघ १० २०८०, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन् । आज बसेको बोर्डको संचालक समितिको बैठकले डा. अधिकारीलाई बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको हो ।

यस अघि अर्थ मन्त्रालयले माघ ७ गते आइतबार धितोपत्र बोर्डलाई पत्र पठाएर बरिष्ठ कार्यकारी निर्देशकलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिन भनेको थियो । पत्रमा माघ ७ को मन्त्रिस्तरीय निर्णय अनुसार ‘बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्न तथा बोर्ड बैठक संचालन / व्यवस्थापन गर्न बोर्डमा कार्यरत मध्ये बरिष्ठतम कार्यकारी निर्देशकलाई जिम्मेवारी तोकिएको’ भन्ने व्यहोरा उल्लेख गरिएको थियो ।

हाल बोर्डमा ४ जना कार्यकारी निर्देशक छन् । ति मध्ये डा. नवराज अधिकारी र विनयदेव आचार्यमा कसलाई बरिष्ठ मान्ने भन्ने अन्योल थियो । आज बसेको संचालक समितिको बैठकले डा. अधिकारीलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको हो ।