काठमाडौं । सरकारले धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीलाई दिएको छ । रमेश हमाल बोर्डको अध्यक्षबाट अबकास भएपछि केही समय धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।
अर्थ मन्त्रालयले पत्र पठाउँदै अर्को व्यवस्था नभएसम्मका लागि दैनिक कामकाज चलाउन अधिकारीलाई जिम्मेवारी दिएको हो ।