काठमाडौँ । पहिलो पटक काठमाडौँमा सत्कार दिवस मनाउन लागिएको छ । होटल सङ्घ नेपाल (हान)ले आज आफ्नो स्थापनाको अवसरमा ‘नेपाल सत्कार दिवस’ मनाउन लागेको हो ।
संघले एक विज्ञप्ति जारी गरी दिवसको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।
५८ वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई–लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।