काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने तयारी गरेको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा भिजिट भिषालाई सहज र व्यवस्थित बनाउनेबारे छलफल भएको हो । बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशन पश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन समेत गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
बैठकमा गृहमन्त्री श्रेष्ठसहित श्रममन्त्री, परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध पदाधिकारीको सहभागिता रहेको थियो ।