• मंसिर १५ २०८१, शनिबार

नारायणगढ-बुटवल सडकको स्तरोन्नतिमा भइरहेको ढिलाई बारे लामिछाने र चिनियाँ राजदूतबीच छलफल

पुष २६ २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा लामिछानेले (पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम)का विषयमा कुरा भएको रास्वपाले जनाएको छ ।

‘निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चलिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो’, कुराकानीबारे रास्वपाले जानकारी दिएको छ । रास्वपाका अनुसार आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाए ।

रास्वपाले केही दिन पहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवलमा ३ दिने दबाब यात्रा सम्पन्न गरेको थियो ।
भेटघाटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको थियो ।