• मंसिर १३ २०८१, बिहीबार

आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंककाे प्रक्षेपण

पुष २६ २०८०, बिहीबार

काठमाडाैं । विश्व बैंकले आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण  गरेको छ ।  विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको थियो ।

जबकि आर्थिक वर्ष ०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहेको थियो । यस्तै, प्रतिवेदनले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ ।

सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख